News

फरक क्षमता भएका ब्यक्तिहरुसंग लुम्बिनी प्रदेश स्काउटले मनायो ७१ औं स्थापना दिवस ।

19June, 2022

नेपाल स्काउटको ७१औं स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश स्काउटद्वारा सरसफाइ तथा अपाङ्ग आश्रममा खाना वितरण गरी मनाइएको छ । कार्यक्रममा बुटवल उपमहानगरपालिका-११ स्थित नेपाल अपाङ्ग आश्रममा रहेका ३५ जनालाई खाना बितरण तथा आश्रम परिसरमा सरसफाइ गरिएको छ । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश स्काउट सदस्य भरत अर्यालले फरक क्षमता भएका ब्यतिहरुको हामी सबैले सम्मान र उनिहरुलाई सहयोग गर्नुपर्ने बताउनुभयो त्यसैगरी नेपाल अपाङ्ग आश्रमका अध्यक्ष डोलबहादुर खाम्चाले स्काउटले फरक क्षमता भएकाहरुसंगै बसेर ७१ औं स्काउट दिवस मनाउदां सिङो नेपाल अपाङ्ग आश्रम आभारी रहेको बताउनुभयो । कार्यक्रममा गौतमबुद्व र सैनामैना स्काउट क्रियुका युवाहरुले भोजनको तयारी तथा नहरपुर माबी तथा नबिन माबिका स्काउटका बिद्यार्थीहरुले बितरणमा सहयोग गरेका थिए । नेपाल स्काउटले फरक क्षमता भएका बालबालिकाहरुको शारिरिक, बौद्विक, सामाजिक, सवेंगात्मक तथा आध्यात्मिक बिकासका लागि समेत काम गरिरहेको छ ।

विश्व बातावरण दिवसको अवसरमा लुम्बिनी प्रदेश स्काउटले गर्‍यो बिबिध कार्यक्रम

5June, 2022

विश्व बातावरण दिवसको असवसरमा लुम्बिनी प्रदेशका बिभिन्न ठाउहरुमा बिभिन्न कार्यक्रमहरु को आयोजना गरी मनाइएको छ । दिवसको अवसरमा लुम्बिनी प्रदेशको आयोजनामा वृक्षारोपण कार्यक्र्म सम्पन्न भएको छ त्यसैगरि प्रदेशका बिभिन्न ठाउहरुमा स्थानिय स्काउट समितिहरुको आयोजनामा र्याली तथा वृक्षारोपण कार्यक्रमा सम्पन्न भएको छ । कार्यक्रमहरुमा स्थानिय जनप्रतिनिधिहरु, स्थानिय स्काउट समिती संयोजक, सदस्यहरु, बिभिन्न सँघ संस्थाका ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

महिला हिंसा तथा बलात्कार विरुद्ध शान्ति र्‍याली

26May, 2022

आज मिति २०७९।०२।१२ गतेका दिन लुम्बिनी प्रदेश स्काउटको आयोजनामा महिला हिंसा तथा बलात्कार विरुद्ध शान्ति र्‍याली तथा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम सम्पन्न भएको छ । “मौनता तोडौ, बलात्कार विरुद्ध लडौँ”, “ Raise Voice Against Violence ” जस्ता नाराहरु लेखिएका प्ले कार्डहरु सहित बुटवल, होराईजन चोकबाट सुरु भएको र्‍याली तिन कुने, मिलनचोक हुदै शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयमा गएर समापन गरिएको थियो । समापन कार्यक्रममा लुम्बिनी प्रदेश स्काउट तदर्थ समिति संयोजक श्री दिनानाथ भट्टराई ज्युद्धारा शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयका सचिव श्री कृष्ण प्रसाद पन्थ ज्युलाई महिला हिंसा अन्त्य गर्न ४ बुदें ध्यानाकर्षण पत्र बुझाउनुभएको थियो । कार्यक्रममा प्रदेश तदर्थ समिति सदस्य श्री भरत अर्याल, विभिन्न संघ संस्थाका प्रतिनिधीहरु, स्काउट मास्टरहरु, समाजसेवी, नागरिक अगुवा तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।

मास्क सुनिस्चितता शुभारम्भ कार्यक्रम

29September, 2021

नेपाल स्काउट लुम्बिनी प्रदेशद्वारा कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि भारतबाट नेपाल प्रवेश गर्नेहरुलाइ मध्यनजर गर्दै मास्क सुनिस्चितता गर्ने उद्देश्य सहित १ लाख सर्जिकल मास्क सशस्त्र प्रहरी बल लुम्बिनी प्रदेशको मुख्यालय चन्द्रौटा, कपिलवस्तुमा एक कार्यक्रमका बिच हस्तान्तरण गरियो । हस्तान्तरण कार्यक्रम नेपाल स्काउट लुम्बिनी प्रदेश तदर्थ समितिका संयोजक दिनानाथ भट्टराइको अध्यक्षता तथा सशस्त्र प्रहरी बल लुम्बिनी प्रदेश कार्यालय प्रमुख नायब महानिरीक्षक किशोर प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा लुम्बिनीमा स्काउटको साइकल र्‍याली

25September, 2021

शान्ति दिवसमा लुम्बिनीमा स्काउटको साइकल र्याली
लुम्बिनी, असोज ९ । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा लुम्बिनी प्रदेश स्काउटद्वारा बिश्व शान्तिको मुहान भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनिमा आयोजित साइकल र्याली कार्यक्रम सम्पन्न गरेको छ । (more…)

अन्तराष्ट्रीय शान्ति दिवस

21September, 2021

अन्तराष्ट्रीय शान्ति दिवसको अवसरमा लुम्बिनी प्रदेश स्काउट समितिद्वारा आयोजित लैंगिक समानता बिषयक अन्तरकृया कार्यक्रम