Lumbini Province Scouts

अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा लुम्बिनीमा स्काउटको साइकल र्‍याली

शान्ति दिवसमा लुम्बिनीमा स्काउटको साइकल र्याली
लुम्बिनी, असोज ९ । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा लुम्बिनी प्रदेश स्काउटद्वारा बिश्व शान्तिको मुहान भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनिमा आयोजित साइकल र्याली कार्यक्रम सम्पन्न गरेको छ ।
शान्तिको मुहान, बुद्धत्वको विकास भएको स्थल लुम्बिनीबाट विश्व शान्ति र वातावरणमैत्री मानव क्रियाकलापको सन्देश दिने उद्देश्यले साइकल र्यालीको  आयोज भएको छ ।

लुम्बिनी प्रवेशको मुख्यद्वारबाट साइकल र्याली सुरु गरि विभिन्न स्थानको परिक्रमा गरिएको थियो । र्यालीले लुम्बिनीका पर्सा चोक–बसपार्क–शान्तिदिप हुँदै मायादेबी मन्दिर परिसर सम्म पुगेको थियो । त्यहाँ संक्षिप्त कार्यक्रमको आयोजना गरि र्याली समापन गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै स्काउट प्रदेश संयोजक दिनानाथ भट्टराइले विश्वभर शान्तिको सन्देश छर्ने लुम्बिनीबाट स्काउट अभियानको सन्देश फैलाउन र शान्तिको सन्देश दिन साइकल ¥यालीको आयोजना गरिएको बताउनुभयो ।

लुम्बिनी बिश्व शान्तिको मुहानको रुपमा बिश्वलाइ नै शान्तीको शन्देश दिइरहेका र बुद्धका सन्देशलाई सबैले पालना गर्न जरुरी रहेको उल्लेख गर्दै संयोजक भट्टराईले लुम्बिनीको सरसफाईमा पनि विशेष ध्यान दिन उक्त कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

विश्व सम्पदा सुचिमा सुचिकृत लुम्बिनीले बिश्व शान्ती प्रवर्द्धन गर्न महत्त्वपूर्ण खेलेको र यो नेपालिको मात्र नभै सारा बिश्वको गौरवको प्रतीक मानिन्छ । अहिले लुम्बिनी गुरुयोजना पूरा हुने चरणमा रहेको छ । लुम्बिनीलाई केन्द्रमा राखेर यसक्षेत्रको समग्र पर्यटन विकासका काम भइरहेका छन् । लुम्बिनीको सन्देश प्रवाह गर्न, शान्तिको प्रेरणा लिन र सरसफाइमा सचेतना जगाउन स्काउटले यसक्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।