Lumbini Province Scouts

फरक क्षमता भएका ब्यक्तिहरुसंग लुम्बिनी प्रदेश स्काउटले मनायो ७१ औं स्थापना दिवस ।

नेपाल स्काउटको ७१औं स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश स्काउटद्वारा सरसफाइ तथा अपाङ्ग आश्रममा खाना वितरण गरी मनाइएको छ । कार्यक्रममा बुटवल उपमहानगरपालिका-११ स्थित नेपाल अपाङ्ग आश्रममा रहेका ३५ जनालाई खाना बितरण तथा आश्रम परिसरमा सरसफाइ गरिएको छ । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश स्काउट सदस्य भरत अर्यालले फरक क्षमता भएका ब्यतिहरुको हामी सबैले सम्मान र उनिहरुलाई सहयोग गर्नुपर्ने बताउनुभयो त्यसैगरी नेपाल अपाङ्ग आश्रमका अध्यक्ष डोलबहादुर खाम्चाले स्काउटले फरक क्षमता भएकाहरुसंगै बसेर ७१ औं स्काउट दिवस मनाउदां सिङो नेपाल अपाङ्ग आश्रम आभारी रहेको बताउनुभयो । कार्यक्रममा गौतमबुद्व र सैनामैना स्काउट क्रियुका युवाहरुले भोजनको तयारी तथा नहरपुर माबी तथा नबिन माबिका स्काउटका बिद्यार्थीहरुले बितरणमा सहयोग गरेका थिए । नेपाल स्काउटले फरक क्षमता भएका बालबालिकाहरुको शारिरिक, बौद्विक, सामाजिक, सवेंगात्मक तथा आध्यात्मिक बिकासका लागि समेत काम गरिरहेको छ ।