महिला हिंसा तथा बलात्कार विरुद्ध शान्ति र्याली
May 26, 2022

आज मिति २०७९।०२।१२ गतेका दिन लुम्बिनी प्रदेश स्काउटको आयोजनामा महिला हिंसा तथा बलात्कार विरुद्ध शान्ति र्याली तथा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम सम्पन्न भएको छ । “मौनता तोडौ, बलात्कार विरुद्ध लडौँ”, “ Raise Voice Against Violence ” जस्ता नाराहरु लेखिएका प्ले कार्डहरु सहित बुटवल, होराईजन चोकबाट सुरु भएको र्याली तिन कुने, मिलनचोक हुदै शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयमा गएर समापन गरिएको थियो । समापन कार्यक्रममा लुम्बिनी प्रदेश स्काउट तदर्थ समिति संयोजक श्री दिनानाथ भट्टराई ज्युद्धारा शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयका सचिव श्री कृष्ण प्रसाद पन्थ ज्युलाई महिला हिंसा अन्त्य गर्न ४ बुदें ध्यानाकर्षण पत्र बुझाउनुभएको थियो । कार्यक्रममा प्रदेश तदर्थ समिति सदस्य श्री भरत अर्याल, विभिन्न संघ संस्थाका प्रतिनिधीहरु, स्काउट मास्टरहरु, समाजसेवी, नागरिक अगुवा तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।